SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०१:५१ PM · 1 मिनेट पढाइ

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज

काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।