SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०१:५९ PM · 1 मिनेट पढाइ

टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर-६ मा, कुवेत बाहिरियो

काठमाडौं । नेपाल र जापान ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा प्रवेश गरेका छन् । छनोटको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले सुपर–६ मा स्थान पक्का गरेका हुन् । दुवै खेलमा पराजित भएको कुवेत छनोटबाट बाहिरिएको छ ।