भिडियोमा फर्कनुहोस्

‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना र रोशनको अभिनय (भिडिओ)

  • Nepal Status Nepal Status
  • सोमबार १९ बैशाख २०८० ०६:२२ PM मा प्रकाशित

काठमाडौँ - गायक सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ सालैजो गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक गिरीकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय छ ।

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो । रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।