काठमाण्डौँ - आगामी वर्षको जेठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘गणपति’को टिजर सार्वजनिक गरिएको छ । आइतबार युट्युब रिलिज गरिएको १ मिनेट ३७ सेकेन्ड लम्बाईको टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकालको प्रेम र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । टिजरका सस्पेन्सयुक्त दृश्यले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ ।
आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमा नै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल आदिको अभिनय छ ।