बालकुमारी घटनामा पक्राउ परेका ७३ जना मुक्त 

काठमाडौँ - बालकुमारी घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ । भौतिक योजना तथा यातामन्त्रीको गाडी तोडफोड भएको आरोपमा शुक्रबार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई सामान्य सोधपुछबाट छाडेको हो ।

रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत कोरियामा उत्पादनमुल क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापा जानकारी दिए ।