बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने

काठमाडौँ - बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सत्तागठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोग गठन सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो। घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ ।

कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेलगत्तै बसेको शीर्ष नेताहरुको बैठकपछि प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।