मेयर बालेन शाह चीनसँग रूष्ट, रद्द गरे भ्रमण

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चीनसँग रूष्ट भएका छन् ।

चीनले नेपाली भूभागसमेत भारतमा देखाएपछि मेयर बालेन रूष्ट हुँदै चीन भ्रमण नै स्थगित गरेका छन् । शाहले चीनले नसोधी नेपाली भू-भागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनको निमन्त्रणामा हुन लागेको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् ।