एसिया कप : नेपालको फराकिलो हार

काठमाडौं - एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग २३८ रनले पराजित भएको हो ।

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमै समेटियो । नेपालले मात्र १०४ रन बनायो । सुरुवातमै तीन विकेट गुमाएको नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलको विकेट लिए । भुर्तेलले ४ बलमा दुई चौकाको साथमा ८ रन बनाए । यस्तै कप्तान रोहित भने शुन्य रनमा आउट भए ।

नेपालले तेस्रो विकेटको रुपमा दोस्रो ओभरको चौथो बलमा आसिफ शेखलाई गुमायो । उनलाई नसिम शाहले आउट गरे । उनले पाँच बलमा एक चौकाको मद्दतमा ५ रन बनाए ।