श्रीलंकाविरुद्ध भारतको  ‘क्लीन सीप’

काठमाडौँ - श्रीलंकासँग अन्तिम टी-२० खेलमा भारतले सुपर ओभरमा जित हात पारेको छ । निर्धारित खेलमा भारतले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेट गुमाएर भेट्टाएपछि खेल सुपर ओभरमा पुगेको थियो । 

तीन खेलको श्रृंखला यसअघि नै भारतले २–० ले जितिसकेको थियो। अन्तिम खेल पनि जितेर भारतले श्रृंखलामा क्लिन स्वीप गरेको छ । पहिलो खेलमा ४३ रनले पराजित घरेलु टोली दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।

अब भोलिदेखि दुई देशबीचको तीन खेलको एकदिवसीय श्रृंखला सुरु हुँदैछ। दोस्रो खेल पर्सि आइतबार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ ।