एमालेले चितवन– २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

काठमाडौं - नेकपा एमालेले चितवन– २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेलाई उम्मेदवारका सिफारिस गरेको हो ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवारमा सिफारिस भएका छन् । चितवन–२ मा यस पटक सबै दलले ‘हेभी वेट’ उम्मेदवार उठाएका हुन् ।

यो सँगै चितवनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ ।