नयाँ रंगशाला निर्माणका लागि सरकारसँग जग्गा माग्ने एन्फाको निर्णय

 काठमाण्डौँ - अखिल नेपाल फुटबल संघ एन्फाको सातौं कार्यसमितिको बैठकले सरकारसँग सुविधा सम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिब २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न अत्यावश्यक देखिएकोले सरकारलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरेको हो ।