कालिमाटीमा तरकारीको मुल्य कति छ ? हेर्नुहोस् सुचिसहित 

काठमाडौँ - कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडाको मूल्य घटेको छ । लगातार महँगो हुँदै गइरहेको गोलभेंडा यसदिन घटेको हो । 
आजका लागि लोकल गोलभेंडाको भाउ प्रतिकिलो २३ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने २७ रुपियाँमा किनबेच भएको थियो । 

त्यस्तै ठूलो गोलभेंडा पनि १० रुपियाँ घटेर ५५ रुपियाँ कायम भएको छ । बिहीबार ३२३ रुपियाँ रहेको कुरिलो भने आज बढेको छ । किलोमा ७४ रुपियाँले बढ्दा यसको भाउ ४०० रुपियाँ पुगेको छ । शुक्रबार पार्सले किलोमै २०० रुपियाँ महँगिएको । हिजो १२५० मा कारोबार भएको पार्सले यसदिन १४५० रुपियाँ पुगेको छ ।  आजका लागि भिन्डीको भाउ ४५ रुपियाँ किलो तोकिएको छ । हिजो भने ३५ रुपियाँमा बिक्री भएको थियो ।