अन्नबाली उत्पादनमा विषादीको प्रयोग नगर्न कृषिमन्त्री अधिकारी आग्रह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अन्नबाली उत्पादन गर्दा विषादीको प्रयोग नगर्न आग्रह गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  विषादीकाृृे प्रयोग कम गर्नाले रोगहरु घट्ने र सबैलाई फाइदा हुने भन्दै सकेसम्म कम प्रयोग गर्न भनेका छन् ।

मन्त्री अधिकारीले रैथाले बालीको बेवास्ता गरिएको भन्दै उत्पादनमा जोड सरकारले सहयोग गर्ने बताए । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफुल पुर्याउन आफुले सक्दो प्रयास गर्ने बताए ।