सुनको मूल्य घट्यो, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौँ । आज स्थानिय बजारमा सुनको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

छापावाला सुन आजका लागि भने  एक लाख ४६ हजार निर्धारण भएको छ भने तेजाबी सुनको मूल्य आज  एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा  १० ले घटेको छ। आजका लागि भने एक हजार सात सय ४० निर्धारण भएको छ।