सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?  

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो ।