धादिङ थाक्रे गाउँपालिकाद्धारा ८४ करोड २७ लाख ३७ हजार रुपैँयाको बजेट विनियोजन

धादिङ - धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ को लागि ८४ करोड २७ लाख ३७ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको नवनिर्मित नयाँ भवनको हलमा भएको गाउँपालिकाको गाउँसभा तथा १३ औँ अधिवेशनमा उक्त बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाको उपाध्यक्ष यन्त्रबहादुर थापा जिन्दगिले प्रस्तुत गरेको बजेटमा आर्थिक, सामाजिक विकास, पुर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको क्षेत्रगत विवरण पेश गरिएको छ ।   

आर्थिक विकास अन्तर्गत ७ करोड ८२ लाख ९८ हजार, सामाजिक विकास अन्तर्गत १६ करोड ३९ लाख ३८ हजार, पुर्वाधार विकास अन्तर्गत २३ करोड ५५ लाख ७२ हजार रुपैँया बजेट विनियोजन गरिएको छ ।

यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र अन्तर्गत २ करोड ४८ लाख ७९ हजार रुपैँया र कार्यालय सञ्चालन तथा प्रशासनिकमा ३४ करोड ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाको उपाध्यक्ष यन्त्रबहादुर थापा जिन्दगिले बताए ।