आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।