शेयर बजार बजेटपछि लगातार दोस्रो दिन पनि घट्यो !

 काठमाण्डौँ - साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९५ प्रतिशत अर्थात १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले घटेर ३७०.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह १.२३, हाईड्रो ०.४९ र वित्त समूह ०.१५ प्रतिशतले बढ्यो ।  आज होटल समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज २.५३ प्रतिशतले घट्यो ।  

त्यस्तै आज बैंकिङ समूह १.७२ प्रतिशत, विकास बैंक ०.९७,लगानी १.१७,जीवन बीमा १.१३,लघुवित्त १.९६,म्युचुअल फण्ड ०.३२,निर्जीवन बीमा १.७,अन्य ०.८१ र व्यापार समूह ०.३३ प्रतिशतले घटेको छ ।