नेता खनालले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री प्रचण्ड  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा एकीकृत समाजवादीका सम्मानित  नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र नेता खनालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। प्रधानमन्त्री दाहाल र नेता खनालबीच झन्डै १ घण्टा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको प्रतिक्रिया बताएका छन्।  सरकार परिवर्तनको चर्चाका बीच नेता खनाल प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् ।

हिजो साँझ मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भेटवार्ता गरेका थिए।