शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - आज नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ४५ लाख बढीको सेयर कारोबार भयो । आज ङादी ग्रुप पावरको १६५ करोड ३० लाख,जानकी फाइनान्सको १३ करोड ६० लाख र सिईडिबि हाईड्रोको १२ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।  

आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । नेपाल फाइनान्स,अपर लोहरे खोला,भगवति हाईड्रोपावर,मनकामना इन्जिनियरिङ र युनिलिभर नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज ग्रिन भेन्चर लिमिटेडको सेयरमूल्य ६.९० प्रतिशत,सुपर माई हाईड्रोको ६.०४ र अपर स्याङगेको सेयरमूल्य ५.३५ प्रतिशतले बढ्यो ।  

यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै अर्थात १० प्रतिशतले घट्यो । कालिञ्चोक दर्शनको सेयरमूल्य ७.०८ प्रतिशतले घटेको आज बाराही हाईड्रोको ६.७४ र नेपाल वेयरहाउजिङको सेयरमूल्य ५.९६ प्रतिशतले घटेको छ ।