२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? 

 काठमाण्डौँ - नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २३ सय रुपैयाँले बढेको हो  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन  प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि २३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै,आज चाँदीको भाउ भने ३० रुपैयाँले घटेर तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।