सुहाङको विजय र्‍यालीमा सहभागी हुन अध्यक्ष ओली इलाम जाँदै

काठमाडौँ । नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।

इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने भएका हुन्। ओली आज दिउँसो १ बजे इलाम पुग्ने उनको सचिवालयले जनाएको छ। 

पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत पटक–पटक सहभागी भएका थिए।

आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका छन्।