२३औं आहा रारा पोखरा गोल्डकप माघ ९ देखि हुने

काठमाडौँ - मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि हुने भएको छ ।
आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता माघ ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा स्विकृती समेत प्रदान गरेको छ । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।