काठमाडौँ - लेबनानमा शान्ति मिसनमा खटिएका एकजना नेपाली सेना गोली लागेर घाइते भएका छन् ।
इजरायलसँगको सीमा नजिकै दक्षिणी लेबनानमा खटिएका नेपाली सैनिकलाई गोली लागेको हो । उनको नाम र ठेगाना खुलाइएको छैन। उनको पेट र हातमा गोली लागेको छ ।
दक्षिणी लेबनानमा इरान समर्थित सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन र इजरायलबीच ७ अक्टोबरयता झडप जारी छ ।