सुनको मूल्यमा नयाँ रेकर्ड,  दिनदिनै बढ्दै गएको सुनचाँदीको प्रतितोला मुल्य कति ? 

 काठमाडौँ - सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । अघिल्लो दिनको रेकर्ड बिहीबार नै तोडिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा झरेको छ ।