३६.८३ अंकले घट्यो नेप्से परिसूचक, १२ अर्ब २४ करोडको सेयर कारोबार

 काठमाडौँ - धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहीबार नेप्से परिसूचक २७४९.५७ विन्दुमा बन्द भएको हो ।

कुथेली बुखरीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
आज १२ अर्ब २४ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यसदिन ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । सुपर माई हाइड्रोपावर र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ ।  सर्वाधिक परिसूचक घट्नेमा लाइफ इन्स्योरेन्स समूह छ । यो समूहको परिसूचक २।०९ प्रतिशतले घटेको छ ।