'सरकारले ऊर्जामा भएको १३ खर्ब लगानीको सुरक्षा गर्छ' : उपप्रधानमन्त्री श्रेष्ठ

भाद् १२, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । गृह मन्त्रालयमा आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानका पदाधिकारीसँगको भेटमा उनले ऊर्जा क्षेत्रमा भएको रु १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताए ।

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह तथा तप्काका नागरिकको सुरक्षा गर्ने रहेको उनले बताए । इप्पानले सुशासनको अभियान सुरु गरेकामा सो अवसरमा धन्यवाद दिएको थियो । भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको उल्लेख गर्दै परियोजनास्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिउ । विस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन उनले आग्रह गरे ।