थप ७ नयाँ ब्रोकरले पाए नेप्सेबाट ब्रोकर नम्बर, कसलाई कति नम्बर ? 

 काठमाण्डौँ - नेपाल स्टक नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप सात ब्रोकर कम्पनीलाई सदस्यतासँगै ब्रोकर नम्बर प्रदान गरेको छ ।

सदस्यतासँगै ब्रोकर नम्बर पाउनेमा एलिट स्टक हाउस छ। उसले ब्रोकर नम्बर ६८ प्राप्त गरेको छ । त्यसैगरि इन्डेक्स सेक्युरिटिज ब्रोकर नम्बर ६९ पायो भने इन्फिनिटी सेक्युरिटिजले ब्रोकर नम्बर ७० प्राप्त गरेको छ। ब्रोकर नम्बर ७१ शुभकामना सेक्युरिटिजलाई प्रदान गरिँदा हातेमालो फाइनान्सियल सर्भिसेसलाई ब्रोकर नम्बर ७२ दिइएको छ । ब्रोकर नम्बर ७३ पाउनेमा  मनि वल्ड शेयर एक्सचेन्ज  परेको छ । कलश सेक्युरिटिजले ब्रोकर नम्बर ७४ प्राप्त गर्‍यो ।

नेप्सेबाट सदस्यता पाएसँगै अब उनीहरू दोस्रो बजारमा कारोबार गर्न योग्य भएका छन् ।