ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । एकैदिन सुन प्रतितोला चार सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने  तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।