भद्रपुरका फुटबलर गम्भीर राईको निधन

काठमाडौँ । झापा भद्रपुरका फुटबलर गम्भिर राईको निधन भएको छ । भद्रपुर नगरपालिका १० चन्द्रगढी बजार निवासी राईको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको परिवारले जनाएको छ।

उनी लामो समयदेखि सुगर रोगको औषधि सेवन गरिरहेका थिए।  १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका उनले उनी यू( १६, यू(१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए।

उनी एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा लामो समय फुटबल खेलेका थिए। उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालेका उनले २०५६ सालमा फुटबलबाट सन्यास लिएका थिए। उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।