राष्ट्र बैङ्कद्वारा बैङ्क तथा वित्तीय संस्थाका लागि जारी निर्देशनमा केके छन् व्यवस्था ?

 काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गरेको छ । केन्द्रीय बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गरेको हो । 

राष्ट्र बैङ्कले संशोधित निर्देशनमा ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरेको छ भने यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भार शतप्रतिशत हुनेछ।