क्रान्तिमा होमिएका युवाहरु देशका लागि आवश्यक पर्दा जोसिनु स्वभाविक हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिमा होमिएका युवा देशका लागि आवश्यक पर्दा जोसिनु स्वभाविक रहेको बताए ।

आज (सोमबार) युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३ औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको बताए ।

युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रुपमा प्रभावित रहेको उल्लेख गर्दै सिद्धिचरणबाट आफु प्रभावित भएको समेत बताए ।

उनले भने, ‘उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु ।’