आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।