आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

 काठमाडौँ - आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९्/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली ९खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला०को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको छ ।

खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ । त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ दशमलव चार प्रतिशतले घटेको छ ।