फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौँ - फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल १७४औं थियो ।