सहकारी पीडित आत्तिनु पर्दैन, तत्काल ५ लाखसम्म बचत फिर्ता गराउँछौं : अर्थमन्त्री पुन 

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् ।

अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।  यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ ।