नेपाल र यूएईबीचको विश्वकप फुटबल छनोट खेल साउदीमा हुने

काठमाण्डौँ - नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा प्रश्न उठाएपछि खेल साउदी अरबमा सारिएको हो ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।