काठमाडौँबाट लुक्ला उडेको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण  

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण भएको छ ।

सोमबार बिहान काठमाडौँबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि धुलिखेलमा अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ ।

सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।