प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं - सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।