आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक कुन देशको कति ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निधारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
 
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २० पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।