बजेट अभावमा अलपत्र रंगशाला  : सवा अर्बको टेण्डर आह्वान, बनाउने अन्तिम मिति कहिले ? 

चितवन - चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको बताए । 

उनले रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यसलाई तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने अर्यालले बताए ।
महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको बताए ।