राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

 काठमाडौँ - राष्ट्रिय सभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।