एमाले बागमती प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ - नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुने भएको छ ।

पार्टी मुख्यालय च्यासलमा हुने मतदान बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको एमालेले जनाएको छ ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको एमालेले जनाएको छ ।

निर्वाचनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशवराज पाण्डे, रामेछापका केशबहादुर बुढाथोकी र काठमाडौंका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।