आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर साार्बजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्री दर १३१ रूपैयाँ ५५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ ०१ पैसा रहेको छ ।

हिजो अमेरिकनन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५७ पैसा रहेको थियो भने भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८७ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४ पैसा र बेलायती पाउण्ड स्टर्लि एकको खरिद दर १६६ रूपैयाँ ७६ पैसा र बिक्री दर १६७ रूपैयाँ ५३ पैसा तोकिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम गरेको राष्ट्र बै‌कले दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ६ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा रहेको छ ।