सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?  

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।