कार्यदलले तयार गरेको टीओआरको मस्यौदा शीर्ष नेतासमक्ष पेश गरिँदै

काठमाडौँ - विभिन्न सहकारीको बचत रकम अपचलन भएको विषयमा संसदीय छानबिन समितिको कार्यादेश टीओआरमा सहमति जुटाउन कार्यदलले टुङ्ग्याउने तयारी गरेको छ ।

 मंगलबार सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बस्ने बैठकले छानबिन समितिमा बस्ने व्यक्तिहरूको नाम, टीओआर लगायत विषय टुङ्गो लगाउने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । 

बर्तौलाका अनुसार टीओआरमा कार्यदलले सहमतिको मस्यौदा तयार गरेपछि शीर्ष नेताहरूलाई बुझाइनेछ । त्यहाँ यसलाई अन्तिम रूप दिइनेछ ।