बजेट : १६ लाख पर्यटक भित्र्याउने लक्ष्य, पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड बजेट !

काठमाण्डौँ- सरकारले आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आउँदो आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष नयाँ गन्तव्यको पहिचान र विकाससमेत गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जानकारी गराउनुभएको हो । अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए ।

सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएको छ । सातै प्रदेश समेटिने गरी पर्यापर्यटन विकास गर्ने सरकारले जनाएको छ । यस्तै सरकारले पुराना पदमार्गको संरक्षण गर्ने बताएको छ ।

सरकारले आउँदो आर्थिक वर्ष पर्यटन विकासको लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।