शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - आज सर्वोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १९ करोड २४ लाख बढीको सेयर कारोबार भयो । गोर्खाज फाइ्रनान्सको १५ करोड ९५ लाख बढीको सेयर कारोबार भएको आज शिवम् सिमेन्टको १५ करोड ३२ लाख,सोनापुर मिनरल्सको ११ करोड १७ लाख र पिपुल्स पावरको ६ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज विन नेपाल लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९७ प्रतिशतले बढेको छ ।  

यो दिन हिमालयन हाईड्रोपावरको सेयरमूल्य ८.२२ प्रतिशत,सामलिङ पावरको ८.०७ र पिपुल्स पावरको सेयरमूल्य ७.०२ प्रतिशतले बढेको छ ।  
आज उन्नती सहकार्य र धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । १२० वटा कम्पनीको सेयरमूल्य बढेको आज ११५ कम्पनीको घट्यो भने १० वटाको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।