अध्यक्षको मनोमानीले एमएसआर बहुउदेश्यिय सहकारीमा संकट

काठमाण्डौँ - सहकारीहरुको भिडमा अलग्गै अभ्यास गरेको एमएसआर बहुउदेश्यिय सहकारी संस्था अध्यक्ष स्वयम्भुराम जोशीको बदमाशीका कारण संकटतर्फ उन्मुख भएको छ । सहकारी भएपनि लघुवित्त मोडलमा कार्य गर्दै आएको सो सहकारीका अध्यक्ष स्वयम्भुराम जोशीले गरेको आर्थिक अनियमितता र मनोमानीका कारण ओरालो लागेको आरोप छन् । कुनै समय समामुदायिक लघुवित्तको सिइओ रहेका जोशी त्यहाँपनि आर्थिक अनियमिततामा मुछिएपछि राष्ट बैंकको कार्वाहीमा परेर २९ दिन जेलको हावा खाएका थिए । सोही संस्थामा रहँदाको आर्थिक अनियमितताको कारण बैंकिग कसुरको मुद्धा उनीमाथी यधपी कायम रहेको स्रोतले बतायो । उनी भने धरौटीमा छुटेका हुन् । 

उनको सो मुद्धा अदालतबाट धेरैबर्षसम्म पनि फर्छोट भएको छैन । तिनै जोशीले लघुवित्तमा रहँदा जाने सिकेको ज्ञानको आडमा एमएसआर बहुउदेश्यिय सहकारीलाई लघुवित्त मोडलमा ढालेर ललितपुर जिल्लामा गतिविधि अघि बढाएका थिए । अहिले उनी माथी सो सहकारीमा अध्यक्षको हैसियतबाट करोडौको अनियमिता गरेर विभिन्न तौरतरिकाबाट ढाकछोप गर्न लागेको आरोप छन् । 
यता सहकारी भने संकटमा रहेको त्यहाँका बचतकर्ता महिलाहरुले बताएका छन् । बचत फिर्ता माग्न जाँदा ब्यवस्थापनका कर्मचारीहरु समेत नभेटिने र अध्यक्षसँग कुरा गर्न खोज्दा म होइन् अरुसँगै कुरा गर्नु, म त्यहाँ छैन भनेर पनि भन्ने गरेको एक जना बचतकर्ताले बताए । 

हाल सो संस्थामा झण्डै ४ हजार सदस्य रहेका छन् । ललितपुरमा ढोलाहिटीमा केन्द्रिय कार्यालयमा रहेको सो सहकारीको सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेलमा सेवा केन्द्र रहेको छ । सहकारीले लघुवित्त मोडलमा करोडौंको कारोबार गर्दै आइरहेको छ ।