एक पटकको चार्जले तीन दिनसम्म चल्ने अनर एक्स ७ बी नेपाली बजारमा आउँदै

काठमाण्डौँ - ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्नो नयाँ बजेट स्मार्टफोन अनर एक्स ७ बी प्रवेशको घोषणा गरेको छ।

लामो समयसम्म चल्ने ६००० एमएएच ब्याट्री, १०८ एमपी मेन क्यामेरा र २५६ जिबी स्टोरेज सहितको अनर एक्स ७ बी आगामी हप्तामा नेपाली बजारमा प्रवेश गर्ने तयारी कम्पनीको छ।

६००० एमएएच अल्ट्रा–लार्ज ब्याट्री भएको अनर एक्स ७ बिले डिएक्सओ मार्कबाट ब्याट्रीमा गोल्ड लेबल पाएको छ। जसले एक चार्जमा ३ दिनसम्म ब्याट्री चल्ने जनाएको छ।

यसले आजसम्मका सबै अनर एक्स सिरिजका स्मार्टफोनहरूमध्ये उत्कृष्ट ब्याट्री जीवन प्रदान गर्दछ। एकल चार्जमा १८ घण्टासम्मको भिडिओ स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्न सक्छ।

यसमा १/१.६७–इन्च सेन्सरको साथ १०८ एमपी मुख्य क्यामेरा छ। यसले १.९२ युएम मापनको पिक्सेल साइज प्राप्त गर्न ९ इन वान पिक्सेल बिनिङलाई समर्थन गर्दछ। जसले कम प्रकाशको चुनौतीपूर्ण अवस्थामा पनि क्यामेरालाई उज्यालो र ज्वलन्त शटहरू खिच्न सक्षम पार्छ। अगाडि भने हामी ८ एमपी सेल्फी क्यामेरा पाउन सक्छौं।

अनर एक्स ७ बी तीन रंगहरू लोइङ सिल्भर, इमराल्ड ग्रीन (हरियो) र मिडनाइट ब्ल्याक (कालो) मा उपलब्ध छ।

मूल्य निर्धारण भने अझै खुलाइएको छैन तर लन्च पछि यो अफलाइन र अनलाइन दुबै च्यानलहरूमार्फत् उपलब्ध हुने कम्पनीको भनाइ छ।